तै हिल्लीमती नै हो युमासाम्माङ उ जे चितायो त्यैहुनै त हो ꫰तेसैलाई अईले युमाधमंभन्नुथालेको छ ꫰एस्तो मुन्धुम त नपढेका लिम्बुहरुले मौखिक भन्छन् ꫰धेरै २ पढेका लिम्बुहरुले त एस्तो कुरालाई सारै बिरोध पो गथ्यों त अब बल्ल धेरैपढेकाहरुले नपढेकाहरुको मोखिकलाई सोधी पुस्कहरु तयारगरेपछि पढेल सुनाउदै रैछ
म जस्तो जातले त याक्थुङ लिम्बु हुँ तर भाषा नबुझ्ने ले चाहिँ के गर्ने? कालो अक्षर भैंसी बराबर मात्र भयो आदङ्बासे। मलाई मुन्धुमको बारेमा धेरै जान्न बुझ्न मन छ तर भाषा नबुझेकोले दु:खी छु। के गर्नु मधेस मै जन्मियो अनि एतै हुर्कियो र घरमा पनि बुबा बोल्ने तर आमाले बुझ्ने तर फर्काउन नआउने भएर हामी छोरा छोरीहरू भाषा बाट बञ्चित भयौं। कस्को गल्ती भनौ? दोष कस्लाई लगाउने हो? समयलाई कि परिस्थिति लाई कि बाबु आमालाई कि के लाई? आफ्नो भाषा बोल्न र बुझ्न सार्है मन लाग्छ तर नआउँदा सार्है दु:खी हुन्छु र रून मन लाग्छ 😢
Sammang nu Menchhamyapmi Lokpaa Semma mundhum बहस चलाई रहनु हुने तुत्तु आदाङ्मा आदाङ्बाहरुमा सेवाराे । मुन्धुम सुन्द र तपाईहरुकाे बहस नियाल्दा रमाइलो लागेको छ । पहिलोपटक साम्माङ र मेन्छाम्यामीकाे मुन्धुम सुन्दैछु । सामान्य मान्छेले बुझिनसक्नु रहेछ । तापनि बुझ्ने काेसिस जारी छ । प्रायःजसो मुन्धुम सबै सुन्दै आइरहेको छु । जसले पनि आफ्नो कुरालाई नै अगाडि सारिन्छ । त्यसैले तुत्तु मुन्धुम सावाँ चित्र वाेनेम ज्यूलाई मेराे प्रश्न, वहाँले मुन्धुम वाचन गर्दै जाँदा काताःक्वा , लाेलिबा, नाम्याेबा जस्ता शब्द उच्चारण गर्नु भएको हुनाले त्याे शब्द करिबकरिब वनस्पति भन्ने बुझिन्छ । तर वहाँकाे वनेम वंशावलीमा संयक्पा वंशीय उपथरकाे रुपमा रहेकाेछ । यद्यपि वनस्पति नाम हाे भन्ने मैले बुझे, तर कसरी मान्छेको उपथर भयाे हाेला ? कि साम्माङनै हाे? यहीँ प्रश्न थेबा साम मुन्धुममा पनि राखेको छु , यस्काे जवाफ दिनु लिल्छ भने मैले अनुराेध गरे है, आदङबा । सेपाराे नाेगेनराे !!!
सम्माङ नु मेनछ्याम यामी सेमा मुन्धुम मुन्धुमसाबा ज्युले सुनाउनु भयेकोमा धन्याबाद....।हिल्लि मोति चाङबाङ मोतिमा केही पेनीबा पान मिसीयेको त होईना कि जस्तो लाग्यो। हिल्लि भनेको त हीरा हो र तोक्मा,तोक्सेक्,मुदिङ चै मोतीलाई भन्नी छ जस्तो लाग्यो। मुष्टे चरालाई चै हाम्रो तिर खाम्बुत्त्रुक्ना पु अथबा पुजिङजिङना पु पनी भन्छौ। नुगेन।
अादाङवासे! हाम्रो मुन्धुमहरु सवै मिथकको रुपमा मात्र पाइन्छ। त्यही मिथकलाइ पनि विग्यानसंग कम्पियर गरेर व्यख्या गर्ने गरेमा मलाई लाग्छ मुन्धुमको अाकर्षण अरु बड्ने थियो।