गोरामुमो दार्जिलिङ ब्राञ्चको प्रथम कर्मी सभा ११ अक्टोबरमा
दार्जिलिङ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जिलिङ ब्राञ्च कमिटीको आयोजनामा आगामी ११ अक्टोबर २०२६, आइतबारका दिन प्रथम कर्मी सभा आयोजना गरिने भएको छ। सभाको तयारी तथा उद्देश्यबारे जानकारी दिँदै दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एम.जी. सुब्बाले सम्पूर्ण समष्टि, भ्रातृ संगठनका प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूलाई सभामा उपस्थित भइदिन आह्वान गरेका छन्।
यस सम्बन्धमा आयोजित प्रेस मिटमा ब्राञ्च अध्यक्ष एम.जी. सुब्बा, उपाध्यक्ष दिनेश छेत्री तथा प्रवक्ता देवेन्द्र घतानी उपस्थित थिए। प्रेस मिटमार्फत आगामी कर्मी सभाको उद्देश्य, संगठनलाई अझ सुदृढ बनाउने आवश्यकता तथा समष्टि र भ्रातृ संगठनका प्रतिनिधि एवं कार्यकर्ताहरूको सक्रिय सहभागिताबारे जानकारी गराइएको थियो।
सभाको विवरण:
मिति: ११ अक्टोबर २०२६, आइतबार
समय: बिहान १० बजेदेखि
स्थान: सुवास घिसिङ अडिटोरियम, गोर्खा रंगमञ्च , दार्जिलिङ
गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीले सम्पूर्ण समष्टि, भ्रातृ संगठनका प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूलाई निर्धारित समयमा सभामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।